नगर सभामा नगरपालिकाको आगामी नीति, कार्यक्रम तथा बजेट र समग्र विकास निर्माणका एजेन्डामाथि छलफल तथा निर्णयहरू भएका छन्। स्थानीय तहको नियमित प्रक्रियाअन्तर्गत सम्पन्न यस नगर सभाले नगरको समृद्धिका लागि विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।
मिति २०८३।०३।०७ मा सम्पन्न रास्कोट नगरपालिकाको १८औँ नगर सभाले रास्कोटवासीको समृद्धिको चाहनालाई सम्बोधन गर्ने गरी ठोस योजनाहरू तय गरेको छ। यस सभाबाट पारित नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनले नगरको मुहार फेर्न र जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी सेवा प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
#प्रथम पालिका कर्णाली प्रदेशकै
संघिय सरकार, आन्तरिक राजस्व कार्यालय, जुम्लाबाट प्रवाह हुने सेवा करदाता सेवा ( PAN ) लगायतका सेवाहरु आजै देखि #रास्कोट बाट नै शुभारम्भ ।
कर्णाली प्रदेश कै पहिलो स्थानीय सरकार ।
मिति:
२०८३।०१|१७
स्थान:
रास्कोट नगरपालिका सभाहल
आयोजक:
रास्कोट नगरपालिका
विवरण:
आज मिति २०८३।०१|१७ गतेका दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको को निर्णयानुसार रास्कोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कामकाजमा आउनु भएका श्री महेश अधिकारीज्यूलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ। नगर प्रमुख श्री धर्सुमराज शाहीज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उप-प्रमुख श्री मनिराज शरालज्यू, वडा अध्यक्षज्यूहरू, शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। सोही कार्यक्रमका केही झलकहरु............
आज मिति २०८२ फागुन २५ गते यस रास्कोट नगरपालिकाको सभाहलमा वडा कार्यालयका वडा सचिव तथा सम्पूर्ण कर्मचारीसाथी हरुलाई GIOMS सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । Ditial पालिकाको अवधारणाली लागु गर्न प्रयोगमा ल्याईएको उक्त प्रणालीले अनलाईन पत्र दर्ता नयाँ पत्र तयार तथा टिप्पणीका साथै कर्मचारीहरुको हाजिर सम्बन्धी विवरण यसै माध्यम बाट हेर्न र सिर्जना गर्न सकिन्छ । कर्मचारीहरुको क्षमतालाई अभिवृद्धि गर्न र निखार ल्याउनको लागि यस प्रणालीले धेरैनै सहयोग गर्ने अपेक्षा राखिएको छ ।
कालीकोट जिल्ला रास्कोट नगरपालिकामा ७५ औ रास्ट्रिय प्रजातान्त्र दिवसको अवसरमा सामाजिक बिकास समिति संयोजक मन तिरुवाको अध्यक्षता तथा नगरप्रमुख धर्मराज शाहिको प्रमुख आथित्यता , मनिराज बरालको बिशेश आथित्यता , राजनीतिक दलका प्रतिनिधि , शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख , अन्य पालिकाका शिक्षा शाखा प्रमुखको आथित्यता, कार्यपालिका सदस्य शिक्षक, विद्यार्थीको उपस्थितिमा कार्यक्रमका भब्य रुपमा मनाइएको छ। उक्त कार्यक्रममा रास्कोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रममा माध्यमिक तह पालिका स्तरिय "केन्द्रीकृत शासन ब्यबस्था भन्दा विकेन्द्रीकृत श
आज मिति २०८२/०९/२६ गते रास्कोट नगरपालिका नगरसभाको १७ औं नगर अधिबेशन सु-सम्पन्न भएको छ ।नगरसभामा नगर प्रमुख, उप–प्रमुख ,प्रमुख प्रशासकिय अधिकृत,वडा अध्यक्ष कार्यपालिका सदस्यहरु, विभिन्न उपसमितिका संयोजकहरु,नगरसभा सदस्यहरु,नगरपालिकाका शाखा प्रमुख ,कर्मचारी हरुको उपस्तिथि रहेको थियो।
रास्कोट नगरपालिकाको नगरसभाको १६ नगर अधिवेसनको अवसरमा कर्णाली प्रदेशको स्थानीय सेवामा रही पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन तथा कदर गर्दै रास्कोट नगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर श्री डम्वर महरा ज्यूलाई "उत्कृष्ट स्थानीय सेवा पुरुस्कार" सहित प्रशंसा-पत्र प्रदान गर्दै सम्पान गरेको छ ।