रास्कोट नगरपालिकाको नगरसभाको १६ नगर अधिवेसनको अवसरमा कर्णाली प्रदेशको स्थानीय सेवामा रही पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन तथा कदर गर्दै रास्कोट नगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर श्री डम्वर महरा ज्यूलाई "उत्कृष्ट स्थानीय सेवा पुरुस्कार" सहित प्रशंसा-पत्र प्रदान गर्दै सम्पान गरेको छ ।
मिति २०८१।१०।२२ गते यस रास्कोट नगरपालिकाको नगर प्रहरी संगठन स्थापनाको दोस्रो वर्षगाँठ कार्यक्रम सफलतापूर्वक मंगलबार सम्पन्न भएको छ । उक्त अवसरमा नगर प्रहरी प्रमुख धन बहादुर शाही ज्यूले संगठनको प्रगति प्रतिवेदन सबै समक्ष प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा विभिन्न राजनितिक दलका व्यक्त्तित्व हरुको उपस्थित रहेको थियो । उक्त अवसरमा नगर प्रमुख तथा उप-प्रमुख ज्यूले नगर प्रहरी नगरवासीको सेवाका लागि गठन गरिएको संगठन भएकोले सबैको साथ, सहयोग र हौसलाको अपेक्षाका राख्दै नगर प्रहरीलाई आगामि दिनहरुको शुभकामना व्यक्त गर्नुभएको थियो ।
#raskotmunicipality
मिति २०८१ असोज ३ गते रास्कोट नगरपालिका को प्राङ्गणमा संविधान तथा राष्टृिय दिवस भब्य तब्यका साथ विभिन्न सास्कृतिक कार्यक्रम गरि मनाईयो ।उक्त कार्यक्रममा कालिकोट जिल्ला बाट विभिन्न राजनितिक दलका अग्रजहरुले आफ्नो मन्तव्य राख्नुहुदै शान्ति र लोकत्नत्रको विकल्प अरु कुनै हुन नसक्ने र समृद्धि र विकास लोकतन्त्रमा मात्र हुन सक्ने समेत बताउनु भएको थियो । रास्कोट