नगर प्रहरी सेवा करारमा लिने सम्बन्धी सुचना !!!
यस रास्कोट नगरपालिकामा शान्ति सुरक्षा र अमन चयन कायम गर्न नेपालको संविधान २०७२ को अनुसूची ८ मा उल्लेखित गरिएका स्थानीय तहको एकल अधिकारको प्रयोग गरी प्रतिस्पर्धात्मक आधारमा सेवा करारमा नगर प्रहरीको नियुक्ति गर्न स्थानीय सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को (क) मा व्यवस्था भए बमोजिम कार्यहरुमा सहयोग पुर्याउन देहायको पद र संख्या र योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुका लागी यो सूचना प्रकाशित गरिएको छ।