मिति २०८१।१०।२२ गते यस रास्कोट नगरपालिकाको नगर प्रहरी संगठन स्थापनाको दोस्रो वर्षगाँठ कार्यक्रम सफलतापूर्वक मंगलबार सम्पन्न भएको छ । उक्त अवसरमा नगर प्रहरी प्रमुख धन बहादुर शाही ज्यूले संगठनको प्रगति प्रतिवेदन सबै समक्ष प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा विभिन्न राजनितिक दलका व्यक्त्तित्व हरुको उपस्थित रहेको थियो । उक्त अवसरमा नगर प्रमुख तथा उप-प्रमुख ज्यूले नगर प्रहरी नगरवासीको सेवाका लागि गठन गरिएको संगठन भएकोले सबैको साथ, सहयोग र हौसलाको अपेक्षाका राख्दै नगर प्रहरीलाई आगामि दिनहरुको शुभकामना व्यक्त गर्नुभएको थियो ।
#raskotmunicipality