FAQs Complain Problems

नगरपालिकाको प्रमुख धार्मिक स्थल देउरा मालिका मेलाको दृष्य ।

Read More

नगरपालिकाको कार्यालयवाट देखिने हिंउँको दृष्य ।

Read More

नगर वासीहरु एक कार्यक्रममा नगर विकासको लागि एैकेबद्धता जनाउदै गर्दाको दृष्य ।

Read More

नगरपालिका अन्तरगत शान्तिघाट वजार स्थित रहेको नगरपालिका प्रवेशद्वार ।

Read More

नगरपालिका द्वारा संचालित टिप्पर तथा एम्वुलेन्स पार्किङ गरिएको अवस्थामा नगर कार्यालय अगाडी ।

Read More

रास्काेट नगरपालिकाकाे संक्षिप्त परिचय

नेपालकाे कान्छाे जिल्ला भनेर चिनिने कालिकाेट जिल्लाकाे सबैभन्दा सानेा तर अति सुन्दर , भाैगाेलिकरुपमा मिलेकाे नगरपालिका रास्काेट नगरपालिका हाे । साबिकका स्यूना , सिपखाना र फुकाेट गा‍. वि‍. स. काे भूभागलाई मिलाएर यस नगरपालिकाकाे यसको स्थापना वि‍ स‍ २०७३ फागुन २७ गते भएकाे हाे । समुन्द्री सतहबाट लगभग १७७५ मिटरको उचाइमा रहेको र  ५९.७३ वर्ग किलो मिटरमा फैलिएको छ । १९ डिग्री १४ मिनेट ३० सेकेण्ड डिग्री उत्तरी अक्षांश र ०८१ डिग्री ३८ मिनेट २३० सेकेण्ड पूर्वी देशान्तरमा अवस्थित रहेको छ । नगरपालिकाको पूर्वमा पचालझरना गाउँपालिका, पश्चिममा  शान्नि त्रिवेणी गाउँपालिका, उत्तरमा बाजुरा जिल्ला र दक्षिणमा पचालझरना  रहेका छन् । करिव २७३७ घरधुरी ५८ वटा बस्तिहरु र २०६८ सालको जनगणना अनुसार १६२७२ जनसङ्ख्या रहेकाे छ । यस नगरीमा प्रसिद्ध पर्यटकीय स्थलहरु शम्भुनाथ मन्दिर, देउरा मालिका मन्दिर, मलयागिरी पाटन, रास्कोटी राजाकाे दरवारकाे अवषेश, रानिवन रहेका छन् । बाजुरा जिल्लामा रहेको प्रशिद्ध तिर्थस्थल बडिमालिका जाने बाटो समेत यसै नगरपालिकाबाट रहे्को छ । जमुनाहा हिल्सा अन्तराष्ट्रिय सडक सञ्जालमा जोडिएको र फुकोट क‍र्णाली हाइड्रो पावरको ड्याम समेत यसै नगरपालिकामा बन्ने भएकोले यसको भविष्य सुन्दर रहेको छ ।

रास्कोट नगरपालिकाद्वारा कर्णाली प्रदेशमै पहिलो पटक सामाजिक सुरक्षा भत्ता का लाभग्राहीहरु लाई बैंकिंग पर्ण।ली मार्फत भुक्तानी ।

रास्कोट नगरपालिकाले  सामाजिक सुरक्षा भत्ता अन्तर्गत  ९ वटै वडाका विभिन्न प्रकारका लाभग्राहीहरु लाई  बैंकिंग सेवा मार्फत सेवा प्रदान गर्ने उदेश्यले रास्कोट नगरपालिका अन्तर्गतको ग्लोबल आई.एम. ई. बैंकको शाखामा खाता संचालन गरि दोश्रो किस्ता बापतको रकम मिति २०७६/०२/२९ गते भुक्तानी गरेको छ । जस मध्ये ७० वर्ष माथिका ४३६ जना, ६० वर्ष माथिका ७१९ जना, एकल महिला २०१ जना, अपाङ्ग २९ जना तथा बालबालिका १६१६ जना गरि जम्मा ३००१ जनाले बैंकिंग सेवावाट लाभ्वानित भएका छन् । 

Pages

<