FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

नगरपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ  ।

 रास्कोट नगरपालिकाको कूल जनसंख्या कति होला ?
उत्तर: रास्कोट नगरपालिकाको कुल जनसङ्ख्या १९१६८ रहेको छ l

 रास्कोट नगरपालिका लाई कसरि सम्पर्क गर्ने ?
उत्तर : Websirte: www.raskotmun.gov.np/ Facebook page: Raskotmun1/ Twitter Handle: Raskotmun/ Mail: info@raskotmun.gov.np/ /ito.raskotmun@gmail.com/ Phone: 9858366991

 नगरपालिका बाट प्राप्त हुने प्राकृतिक सहायता कसरी पाउन सकिन्छ ?

उत्तर - सम्वन्धित व्यक्तिको निवेदन वडापालिकाको सिफारिस प्रहरीको मुचुल्काको पत्रहरु नगरपालिकामा पेश गर्ने

 नगरपालिका बाट प्राप्त हुने सेवा-सुविधाहरु के-के हुन् ?

उत्तर - घटना दर्ता सम्वन्धि कामकाज, विभिन्न किसिमका सिफारिसहरु, विभिन्न किसिमका व्यवसाय दर्ता, प्राकृतिक प्रकोप सम्वन्धि विभिन्न सहायता सम्वन्धि राहत वितरण, सामाजिक सुरक्षा तथा वालपोषण सम्वन्धि भत्ताहरु इत्यादी ।

 रास्कोट नगरपालिकामा कुन-कुन धार्मिक तथा पर्यटकिय स्थलहरु रहेका छन् ?

उत्तर - देउरा मालिका, सिप्टी विसाली, चाल्ले गुफा, शम्भुनाथ मन्दिर इत्यादि ।

 रास्कोट नगरपालिकामा कति वटा वडा कार्यलयहरु रहेका छन् ?

उत्तर  यस रास्कोट नगरपालिकामा ९ वडा कार्यलयहरु छन् ।

 रास्कोट नगरपालिकाका नगर प्रमुख र उप-प्रमुख को-को हुनुहुन्छ ?

उत्तर - नगर प्रमुख श्री काशिचन्द्र बराल र नगर उप-प्रमुख श्री मिमसरा वम ज्यु हुनुहुन्छ ।.

रास्कोट नगरपालिका कहाँ पर्छ ?
उत्तर - कालिकोट जिल्लाको सदरमुकाम मान्म देखि उत्तर  करिव ३५  कि.मि. को दुरीमा रास्कोट नगरपालिका पर्छ ।