FAQs Complain Problems

वडा नं. १

वडा नं. १ को संछिप्त परिचय

             हाल रास्कोट नगरपालिका वडा नं. १, साविकका गा.वि.स. सिपखाना वडा नं. २, ३, ४ र ६ रास्कोट नगरपालिकाको १ नम्वर वडामा समायोजन भई वर्तमान नेपाल संघिय शासन प्रणाली अनुरुप नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका , स्वायत्त , संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानिय तह मध्येको रास्कोट नगरपालिकाको वडा हो । यस वडामा श्री सुन्दर आधारभुत विद्यालय, श्री कालिका आधारभुत विद्यालय, सिमुनाथ आ.वि. विद्ययालय, श्री जनज्योति आ.वि. विद्यालय मुख्य शैक्षिक संस्थाको रुपमा रहेका छन । साथै रास्कोट नगरपालिकाको ग्रामिण सडक सँग बस्तीहरु जोडिनुका साथै सामान्य व्यपारिक केन्द्र पनि छ । यस वडाको लेकाली क्षेत्रमा मुख्य स्याउ उत्पादन क्षैत्र र तल्लो भागमा केरा, सुन्तला उत्पादन क्षेत्र रहेका छन ।

Population: 
2731
Ward Contact Number: 
9768259253