FAQs Complain Problems

नगरपालिकाद्धारा २६० वेरोजगार युवालाई रोजगारी ,नेपालकै पहिलो श्रम बैंक स्थापना

Labour Bank

राष्कोट नगरपालिकाद्धारा दुइ सय साठी वेरोजगार युवालाई रोजगारी ,नेपालकै पहिलो श्रम बैंक स्थापना

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा बेरोजगार युवालाई रोजगार दिन उद्देश्यले श्रम बैंक औपचारिक रुपमा घोषण गरिएको राष्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ ।

नगरपालिकाले मानवीय श्रमबैंक सञ्चालनमा ल्याएको हो । १८ देखि ४० वर्षसम्म उमेर पुगेका बेरोजगार महिला–पुरुषलाई सदस्य बनाएर श्रम बैंक सञ्चालनमा ल्ययाएको बरालले बताउनु भयो ।

नगरपालिका सबै वडाका बेरोजगार महिला तथा पुरुष समेटर श्रम बैंक सञ्चालन गरिएको हो । नगरपालिका भित्रका श्रमयोग्य नागरिकलाई लक्षित गरेर बैंक सञ्चालनमा ल्याएको र यससम्बन्धी कार्यविधि निर्माण गरी प्रत्येक वडाबाट श्रमशक्ति छनोटगरि भर्ना गरिएको हो ।‘श्रमयोग्य नागरिकलाई नगरपालिकाभित्रै रोजगारी प्रदान गर्ने लक्ष्य लिएर श्रम रोजगार बैंकको स्थापना गरिएको हो । पहिलो चरणमा नगरपालिकाभित्रका दुई सय साठि जना युवा तथा युवतीलाई श्रम बैंकमार्फत पहिलोपटक रोजगारी दिइएको छ ।

साधारण लेखपढदेखि उच्च शिक्षा पढेका युवायुवतीलाई कामको सुनिश्चितता गरेर ५० वर्ष पुगेपछि अवकाश हुने गरी १० प्रतिशत रकम बचत गर्न लगाएर थप १० प्रतिशत नगरपालिकाले सहयोग गर्ने गरी कार्यविधि तयार पारिएको हो । श्रम बैंकका लागि २० जनाको समूह निर्माण गरेर काम दिने र दोहोरो मुल्याङ्कन बाट आएको अन्तिम रकम सबैको श्रमको ज्याला बैंक खातामार्फत भुक्तानी गरिने छ । त्यसका लागि नगरपालिकाले नगरमा एकजना अध्यक्ष , एकजना मुख्य व्यवस्थापक र पत्येक समुहमा एकजना प्राविधिक र एकजना व्यवस्थापक नियुक्त गरी उनीहरूको व्यवस्थित परिचालन गरिने छ ।

 

श्रम बैंकमा काम गर्ने हरेक सदस्यको १० लाखको दुर्घटना बिमा नगरपालिकाले गर्ने र बिमाको प्रिमियम पनि नगरबाट भुक्तानी हुने छ । ‘श्रम रोजगार बैंकका सदस्यले नगरका विकास निर्माण, उत्पादन, सामाजिक सुरक्षा, दैवी प्रकोप तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रको काममा लगाइने छ ।

आर्थिक वर्ष: